• ९ असोज २०८३, शुक्रबार
  • ५ः५३ बेलुका

हजारौको उपस्थिमा मातृका यादबले भने केपि ओलि देश र जनताको शत्रु

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०६:३७

सन्जय सहनी, रौतहट: रौतहटको सदरमुकाम गौरमा संसद विघटनको विरोधमा बिशाल प्रदर्शन गरिएको छ।

National Life

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मंगलबार प्रदर्शन गरेका हुन।

नेकपाका पोलिट्ब्यूरो सदस्य एव केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा राइसमिलमा भेला भएका हजारौं नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताए ।

ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए ।

ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए ।ओलिले मानसिक संतुलन गुमाइ राजतन्त्र फर्काउने सपना देखेको त्यो पागलपन बाहेक केही होइन यादबले थपे।

विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादवलगायत सहभागी थिए । विशाल र्यालीले सदरमुकाम गौर अस्तब्यस्त भएको थियो।

प्रतिकृया