अब सञ्चय कोषकाे किस्ता एनआईसी एशियाका जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने
प्रकाशित मिति
२०७७ मंसिर २६ गते, शुक्रबार ०९:१५
अब एनआईसी एशिया बैंकका जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले सावाँ ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सकिने भएकाे छ ।
यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रूपमा गर्न सकिने बैंकले जनाएकाे छ ।
कोषका ऋणीहरूले आफूलाई पायक पर्ने यस बैंकको शाखामा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफूले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था गरिएकाे छ ।
बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिने ऋणीहरूलाई सुविधाका निमित्त वउपभोग गरेको कर्जाबमोजिमको किस्ता रकम Connect IPS को एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।






प्रतिकृया