• २४ भदौ २०८३, बुधबार
  • ८ः०३ राती

एभरेष्ट बैंकद्वारा जोन्टा क्लब काठमाडौंलाई २ लाख ५० हजार सहयोग

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ०८:०५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

National Life

बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा.सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया