• ११ असोज २०८३, आइतबार
  • ६ः५६ बिहान

अवैध १६ लाख सहित एकजना पक्राउ

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०४:५४

रुपन्देही, सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ।

National Life

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन्।

लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सयदरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए।

प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ।

 

प्रतिकृया