• ११ असोज २०८३, आइतबार
  • ३ः३२ राती

यस्तो बन्यो तामाङ लभ सङ ‘मायारी’ (भिडियो)

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०४:४५

काठमाडौँ ,गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको
आवाजमा ‘मायारी’ बोलको गीत सार्वजनिक भएको छ । म्हार्मेन मिडियाको अफिसियल
युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान
पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।

National Life

आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा
स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।

सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले
लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन
र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड
गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन
र कलर गरेका हुन ।

 

https://youtu.be/Owef-hw07xQ

प्रतिकृया