• ११ असार २०८३, बिहीबार
  • २:४७ बिहान

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी न.पा.बीच सम्झौता ,सहुलियतपूर्ण कर्जा नयाँ आर्थिक मोडल बन्न सक्ने

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ०४:३४

काठमाण्डौ, पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद जर्नादन शर्माको समुपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) जिल्ला बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने जनाएको छ । नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

Kamana Sewa

जर्नादन शर्माले देश स्रोत साधनमा धनि हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताउनुभयो ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बङ्गलादेशबाट सुरु भएको सामुहिक जमानीको आधारमा लगानी गरिने लघुबित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमुनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताउनुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शिर्षकमा १६६० जनालाई एक अर्ब २८ करोड रुपैंया भन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताउनुभयो ।

Classic Tech Desktop

राष्ट्रिय वाणिज्य बैंकले मात्रै बैंकिङ्ग क्षेत्रमा भएको सहुलियतपूर्ण कूल कर्जा लगानीको ५० प्रतिशत भन्दा बढी कर्जा लगानी गरिसकेको उहाँले बताउनुभयो । नगर प्रमुख विशाल शर्माले नगरवासीको गरिबी न्यूनिकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय सभाका सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार अर्थविद् डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वयन समिति, रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल, अन्य कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया