प्रधानमन्त्रीद्वारा अरुण तेस्रो आयोजनाको अनुगमन
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०२:५६
किमाथाङ्का , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गरेका थिए । प्रधानमन्त्री ओलीका साथ सङ्घीय मन्त्री, प्रदेश नं. १ का मुख्यमन्त्री, सांसद र जनप्रतिनिधि तथा आयोजना प्रमुख रहेका छन् ।

Related
Recent News
- आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट प्रक्रिया सम्पन्न
- गृहमन्त्री गुरुङको बारा–पर्सा सीमामा छड्के अनुगमन
- रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२
- मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
- प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
- प्रतिनिधिसभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित
- प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, राष्ट्रहितमा थियो कि थिएन ? : सांसद राई
- विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग, प्रधानमन्त्रीको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान
- प्रतिनिधि सभामा उठ्यो रास्वपाका बाल सदस्यको विषय, कांग्रेसले गरायो ध्यानाकर्षण




प्रतिकृया