• ८ असार २०८३, सोमबार
  • ८:५३ बेलुका

सहमतिमै बैठक राख्न ओलीलाई आग्रह गरिने,प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठक सम्पन्न

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०५:१४

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले डाकेको सचिवालयको अनौपचारिक बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज अपरान्ह तीन बजे बसेको बैठक भर्खरै सम्पन्न भएको बैठकमा सहभागी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा राखिएको पनि प्रवक्ता श्रेष्ठले जनाए । उनले भने,‘आजको सचिवालय बैठक अनौपचारिक बैठक हो, प्रधानमन्त्री तथा अध्यक्ष ओलीजीकै सहमतिमा कार्यकारी अध्यक्षले सचिवालयको अनौपचारिक बैठक बसेको हो ।”

Kamana Sewa

उनले भने,‘आजको सचिवालय बैठक अनौपचारिक बैठक हो, प्रधानमन्त्री तथा अध्यक्ष ओलीजीकै सहमतिमा कार्यकारी अध्यक्षले सचिवालयको अनौपचारिक बैठक बसेको हो । प्रचण्डले ओलीसँगको सहमतिमा अनौपचारिक बैठक आव्हान गर्नुभयो । सबै सदस्यहरुलाई जानकारी गराईयो ।

Classic Tech Desktop

केही कमरेडहरु आउनुभएन । आजको अनौपचारिक बैठकमा उपस्थिति कमरेडहरुको पार्टी एकताको पक्षमा आफ्नो कुरा रख्नुभयो । कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने दृष्टगत गरेर भोलि सामूहिक रुपमा सहमतिकै आधारमा बैठक बोलाउने कुरा भएको छ ।’

 

 

 

प्रतिकृया