• ८ असार २०८३, सोमबार
  • १०:३० बेलुका

वाइडेनले थाले ह्वाइट हाउस जाने तयारी

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार १२:४७

एजेन्सी – जो वाइडेनले ह्वाइटन जाने तयारी थालेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै वाइडेनले ह्वाइटहाउस जाने तयारी गरेका हुन् । उनले जनवरीमा ह्वाइट हाउस जानुभन्दा अगाडि एक ट्रान्जिसन टिम खडा गरेका छन् ।

बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामक ट्रान्जिसन वेबसाइट निर्माण गरेका छन् । उक्त वेबसाइटमा लेखिएको छ, ‘देशले जुन किसिमको संकट पार गरिरहेको छ त्यसमा महामारीदेखि लिएर आर्थिक मन्दी र जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका गम्भीर मुद्दाहरू समावेश छन् । संक्रमण टोली पूर्ण गतिमा तयारी गर्नेछ ताकि बिडेन–ह्यारिस प्रशासनले पहिलो दिनबाट काम सुरु गर्न सक्नेछ ।’

Kamana Sewa

वाइडेनले २६४ इलेक्ट्रोलर मत पाएका छन् भने ट्रम्प २१४ इलेक्ट्रोलर मतका साथ दोस्रो स्थानमा छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोलर मतको अवाश्यकता पर्दछ ।

Classic Tech Desktop

५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम सार्वजनिक भइसकेको छ । वाइडेनलाई अब एक राज्यमा चुनाव जिते पुग्छ । किनकी उनलाई चुनाव जित्नका लागि ६ इलेक्ट्रोलर मतको आवश्यकता पर्दछ ।

बुधवार वाइडेनले आफू राष्ट्रपति बनेको पहिलो दिनमा नै पेरिसको मौसम सम्झौतामा सामेल हुने घोषणा गरिसकेका छन् ।

त्यस्तै उनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी मत पाएका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाईसमेत उछिनेका छन् ।

ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

प्रतिकृया