• ८ असोज २०८३, बिहीबार
  • १०ः५९ बिहान

मङ्सिर १५ गतेभित्र बन्चरेडाँडामा फोहर व्यवस्थापन

प्रकाशित मिति

२०७७ कार्तिक १६ गते, आईतवार ०८:५१

काठमाडौं, एक महिनाभित्र काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ‘ल्यान्डफिल साइट’मा व्यवस्थापन हुने भएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भने, ‘‘अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ, यो सम्भव छ ।’’ यस साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।

National Life

मन्त्री श्रेष्ठले मङ्सिर १५ गतेभित्र उक्त ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन कार्य सुरु हुने गरी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिइएको बताएका छन् । त्यसका लागि आवश्यक निगरानी र अनुगमन गरिने उनले स्पष्ट पारे ।

‘बन्चरेडाँडा ल्यान्डफिल साइटबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण भएको छ, यो विषयमा सम्बन्धित पक्ष गम्भीर हुनैुपर्छ,’’ उनले भने, ‘‘यो बोली सरकारको हो, अब मङ्सिर १५ भित्र जसरी पनि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन हुनैपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उक्त साइटको निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएको छ । गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया