• २८ भदौ २०८३, आइतबार
  • १२ः४१ दिउँसो

क्लिन फिड पूर्ण कार्यान्वयनमा आएपनि ग्राहक शुल्क बढाउन नपाइने

प्रकाशित मिति

२०७७ कार्तिक १५ गते, शनिबार ०७:२८

काठमाडौं, बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित ९क्लिन फिड० कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा बढीमा १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालस्थित टेलिभिजन वितरकहरूले जनाएका छन् ।

National Life

ग्राहक शुल्क बढाउन नपाइने क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारेको छ । क्लिन फिडका कारण बढ्न सक्ने सञ्चालन खर्च धान्न टेलिभिजन वितरकले ग्राहकसँग शुल्क बढाउनुको विकल्प नरहेको बताइरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो जनाएको हो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले भने, ‘‘उपभोक्ताले वितरकसँग सम्झौता गरेर शुल्क तिर्ने हो, अहिलेको मूल्य बढ्दैन, बढाउन पाइँदैन ।’’नेपालमा डाउनलिङ्क अनुमति लिएर विदेशी च्यानल प्रसारण गरिरहेका वितरकहरूले भने क्लिन फिड कार्यान्वयन गर्दा दुवैतर्फ खर्च बढ्ने हुँदा भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउन सक्ने बताइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

क्लिन फिडका कारण अहिले कतिपय च्यानल प्रसारण बन्द भएको अवस्थामा शुल्क बढाउने तयारी नभए पनि भविष्यमा बढ्न सक्ने खर्चका कारण ग्राहक शुल्क बढाउनुको विकल्प नहुने महासङ्घका अध्यक्ष शर्माको भनाइ छ ।
‘‘नेपालका लागि मात्र फिड दिँदा विदेशी प्रसारकको खर्च एकदमै बढ्ने हुँदा हाम्रो खरिद मूल्य बढ्ने देखिन्छ’’, उनले थपे, ‘‘अहिले नै यसमा तयारी गरेनौँ भने भविष्यमा त्यसको भार ग्राहकमा पर्ने देखिन्छ ।’’

यसका लागि महासङ्घले सरकारलाई नै न्यूनतम च्यानलसहितको आधारभूत प्याकेज र त्यसपछि ग्राहकको छनोटको आधारमा च्यानल लिन सक्ने गरी शुल्क निर्धारण गर्ने विकल्पसहितको सुझाव दिएको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया