• ९ असोज २०८३, शुक्रबार
  • ५ः३७ बेलुका

देशभरको मौसम कस्तो रहला

प्रकाशित मिति

२०७७ आश्विन २९ गते, बिहीबार ११:१४

काठमाडौंः देशका केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

बंगालको खाडीमा बनेर भारतको तेलांगनामाथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

प्रतिकृया