• ८ असोज २०८३, बिहीबार
  • ५ः३० बेलुका

दशै–तिहार नजिकिएसँगै भक्तपुर जिल्लामा बजार अनुगमन तीव्र

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०१:०३

भक्तपुर,दशैँ –तिहार नजिकिएसँगै भक्तपुर जिल्लामा बजार अनुगमन तीव्र पारिएको छ । आज सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वको टोलीले नगरपालिका भित्रका विभिन्न ठाउँमा अनुगमन गरेको छ ।

National Life

टोलीले कटुञ्जे,चुनदेबी,पाण्डुबजार लगायतका क्षेत्रका एक दर्जन पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो ।उहाँले बजारमा कालोबजारी भए नभएको बुझेर त्यस्तो पाईए सुधार गर्न अनुगमन गरिएको बताउनुभयो । टोलीले त्यस्ता पसलहरुबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियम अनुसार पसल संचालन गर्न निर्देशन दिएको छ ।

टोलीले म्याक्स स्टोर,एम स्टोर,बाराही खाद्य किराना स्टोर,बेष्ट मिनिमार्ट,एज बि स्टोर,युनिक स्टोर सुष्टि सप्लायर्स लगायतका स्टोर तथा पसलमा अनुगमन गरी कमजोरी सुधार्न निर्देशन दिएको छ । टोलीमा जिल्ला प्रशासन कार्यालय,प्रहरी, घरेलु कार्यालय,उपभोक्ता मंचका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिका भित्र एक सातासम्म निरन्तर गरिने उपप्रमुख बस्नेतले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लाका भक्तपुर,चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले पनि अनुगमनलाई तीब्र पारेका छन्। जिल्ला प्रशासन कार्यालयको संयोजनमा ४ वटै नगरपालिकामा तालिका बनाएर सम्बन्धित नरपालिकाको नेतृत्वमा बजार अनुगमन तीब्र पारिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्् । जिल्लाका ४ वटै नगरपालिकाले अनुगमनका क्रममा व्यवसायीहरुले म्याद नाघेका, मुल्यसूची नराखी बिक्री गर्ने गरेको, उपभोक्तालाई बिल दिने व्यवस्था नभएको र उपभोग्य वस्तुहरुको कालोबजारी गरी विक्री वितरण गर्ने गरेको पाइएको बताएका छन् ।

कोरोना महामारीका बेला पनि स्वास्थ्य सतर्कता विना नै व्यवसायीहरुले सरसमानहरु विक्री गरिरहेको उपभोक्ताको गुनासो रहेको छ ।उपभोक्ताले बजार अनुगमन गर्दा कालोबजारी नियन्त्रण हुने गरी र उपभोक्ताको हित हुने गरी प्रभावकारी तरिकाले अनुगमन गर्नुपर्ने माग गर्ने गरेका छन् ।

प्रतिकृया