• ८ असोज २०८३, बिहीबार
  • ५ः०२ बेलुका

चाबहिलमा ८३ लाखमा तयार भएको आकाशे पुल उद्घाटन: बिद्यासुन्दर शाक्य

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०१:३८

काठमाडौं, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले चाबहिलमा बनेको आकाशे पुलको उद्घाटन गरेका छन् ।

National Life

फलामबाट बनेको चावहिलको पुल ८२ लाख ६६ हजार ७८३ रुपैयाँ लागतमा बनेको हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ ।

महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । ‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं,’ शाक्यले भने, यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’ आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया