• १३ असोज २०८३, मंगलबार
  • ६ः१२ बेलुका

चिनियाँ दूतावास अगाडि नेपाली भूमि मिचेको भन्दै प्रदर्शन

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०३:४३

काठमाडौँ– नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ।

National Life

नेपाल विद्यार्थी संघ एवम तरुण दलसँगआवद्ध युवा तथा विद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो ।चिनियाँ दूतावास अघि पुगेका उनीहरुले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दैन आक्रोश पोखेका छन् ।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नारा लगाएका छन् । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो।
नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीब्र गतिमा भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल हुन नसके उनले बताएका छन् ।

प्रतिकृया