• ८ असार २०८३, सोमबार
  • १०:१८ बेलुका

अब सत्तामा बस्ने अधिकार छैनः सिताराम यचुरी

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०८:५५

एजेन्सी, भाकपा (मार्क्सवादी) का महासचिव सिताराम यचुरीले उत्तर प्रदेश सरकारलाई अब सत्तामा बस्ने नैतिक अधिकार नभएको चेतावनी दिएका छन् । शुक्रबार दिल्लीको जन्तरमन्तरमा आयोजित उत्तर प्रदेशका हाथरस सामूहिक बलात्कार–हत्याकाण्डका पीडित परिवारको न्यायका पक्षमा गरिएको प्रदर्शनपछि बोल्दै नेता यचुरीले सो चेतावनी दिएका हुन् । उनले हाथरस काण्डका पीडित परिवारले न्याय पाउनुपर्नेमा जोड दिए । शुक्रबार जन्तरमन्तरमा आयोजित सो प्रदर्शनमा सीपीआईका नेता डी.राजा लगायत अन्य थुपै्र राजनीतिक नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए ।

सेप्टेम्बर १४ मा उत्तरप्रदेशको हाथरसमा एक १९ वर्षीय किशोरीमाथि ४ जनाले सामूहिक बलात्कारपछि भौतिक आक्रमण गरेका थिए । युवतीको सेप्टेम्बर २८ मा उपचारकै क्रममा दिल्लीमा मृत्यु भएको थियो । सो घटनाका पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै त्यसयता भारतमा विरोध प्रदर्शन भैरहेका छन् । बिहिबार भारतीय कांग्रेसका नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी पनि पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीसँग झडप भएको थियो । विभिन्न राजनीतिक दलहरुले युपी सरकारले यो घटनालाई बेवास्ता गरेको आरोप लगाइरहेका छन् ।

Kamana Sewa

प्रतिकृया