• ८ असार २०८३, सोमबार
  • ११:२८ बेलुका

४ लाख ५० हजार मास्क निशुल्क वितरणको थालनी

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०८:३०

काठमाडौं, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय महामन्त्री मनोज वैद्यले मास्क निशुल्क वितरण अभियानको थालनी गरेका छन् । काठमाडौंमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९)संक्रमणलाई मध्येनजर गरी ४ लाख ५० हजार मास्क निशुल्क बितरण अभियानमा शुक्रबारबाट सुरु गरेका हुन् ।

नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माको हातबाट नयाँ बानेश्वरमा निशुल्क मास्क वितरण अभियानको थालनी गरिएको थियो ।सरकारलाई प्रश्नका साथै नागरिकलाई सक्दो सहयोगसँगै सचेतना फैलाउँदै जानेपर्नेमा प्रवक्ता शर्माले जोडका दिए । उनले महामन्त्री वैद्यद्वारा थालिएको मास्क निशुल्क वितरण अभियानको प्रसंशा पनि गरेका थिए । सरकार जनताको स्वास्थप्रती गम्भीर हुन नसक्दा जनता एउटा माक्सबाट बन्चित रहेको बेला मास्क निशुल्क वितरण अभियानले राहतको प्रत्याभूति गराउने शर्माको भनाइ थियो ।

Kamana Sewa

कोरोनाको चेन ब्रेक गर्ने भनेको नै माक्स भएको भन्दै सबैलाई अनिवार्य माक्स प्रयोग गर्न शर्माको अपिल छ । कार्यक्रममा काठमाडौं जिल्ला सभापति सबुज बानिया , प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , प्रदेश सभा निर्वाचनको प्रत्यासी सुरज चन्द्र लामिछाने रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया