• ३० भदौ २०८३, मंगलबार
  • १०ः४९ राती

रोटरी क्लबद्वारा पिसीआर मेसिन हस्तान्तरण

प्रकाशित मिति

२०७७ आश्विन ३ गते, शनिबार ०५:२५

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना परीक्षणका लागि थप सहज बनाउन पिसीआर उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ मध्यपुर रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल ÷ भुटानले संयुक्त रुपमा सो उपकरण हस्तान्तरण गरेका हुन् ।

National Life

नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठलाई रोटरी क्लब अफ मध्यपुरको संयोजनमा रोटरी इन्टरनेशनल ३२९२ नेपाल÷भुटानका डिस्ट्रिक गभर्नर राजिव पौडेलले एक थान प्रोटेबल पिसीआर मेसिन सेट हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई गत असार २ गते सो परीक्षणका लागि स्वीकृति प्रदान गरेको थियो । थप उपकरण आएपछि दुईवटा उपकरणले धेरै संख्यामा छिटो रिपोर्ट दिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यस अस्पतालमा दैनिक २ सय भन्दा बढीको पिसीआर परीक्षण गर्नुका साथै २४ घण्टामा नतिजा उपलब्ध गराउने गरेको छ । यस अस्पतालले हालसम्म १० हजार जनाको कोरोना परीक्षण गरिसकेको छ ।कोरोना सङ्क्रमितका लागि अस्पतालले २० श्ययाको क्वारेन्टिन, १७ श्ययाको आइसोलेशन र ११ श्ययाको आईसियू तथा आठ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल÷भूटानका डिस्ट्रिक गभर्नर पौडेलले रोटरी इन्टरनेशनलले नेपालमा विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउदै आएको जानकारी दिदै पाटन, वीर, शिक्षण लगायतका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई २० करोडभन्दा बढीको स्वास्थ्य क्षेत्रमा प्राबिधिक सामाग्रीहरु प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा क्लबका पूर्व डिस्ट्रिक गर्भनर तीर्थमान शाक्यले शिक्षा र स्वास्थ्यका लागि रोटरीले पु¥याएको सहयोगको चर्चा गर्दै चार श्ययामा डायलोसिस मेशिन सञ्चालनमा ल्याए थप चार श्यया थपिदिने बताउनुभयो । सोअवसरमा संयोजक एवं रोटरी क्लव अफ मध्यपुर डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक गर्भनर सुरेन्द्रबिक्रम प्रजापतिले यस अस्पतालका लागि चारवटा डायलोसिस मेशिन, दुईवटा भेन्टिलेटर प्रदान गर्ने तयारी गरेको जनाउँदै नगरपालिकासँगको साझेदारीमा सिटिस्क्यान र एमआरआई मेशिन पनि प्रदान गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

रोटरी क्लव अफ मध्यपुरका जगतकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्पतालका निर्देशक डा। डि।के। रौशनले अहिलेको सङ्कटमा निजी अस्पतालले बिरामी भर्ना नलिने, काठमाडौंका सरकारी अस्पतालमा जान नसक्ने अवस्थामा अस्पतालले यहाँका बासिन्दालाई सेवा दिइरहेको जानकारी दिनुभयो ।
रासस

प्रतिकृया