• ५ साउन २०८३, मंगलबार
  • ५:३० बेलुका

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ०६:५०

लमजुङ, जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु भएको छ । नागरिकका गुनासो सुन्न तथा समस्या समाधान गर्नका लागि आजदेखि हटलाइन सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

जिल्लाको शान्तिसुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनका कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाहः एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासा लिएर सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा सञ्चालन भएको हो ।

Kamana Sewa

२४ सै घण्टा हटलाइन सेवा सञ्चालन हुने र गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासोहरु तत्कालै र अन्य गुनासोहरु सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ । हटलाइन नम्बर ०६६५२१३९९ र सिंधै प्रमुख जिल्ला अधिकारीको मोबाइलमा समेत गुनासो तथा उजुरी दिन सकिने भएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया