• २९ भदौ २०८३, सोमबार
  • ४ः०५ बिहान

नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ०६:३३

ललितपुर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।

National Life

कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाको स्वरुपमा निर्माण भइरहेको यसलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।” कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराउनुभयो ।
मूलुकमा आज आठाँै विज्ञान दिवस मनाइरहँदा नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ । “ यन्त्र मानवले मानिसको तापक्रम जाच्ने छ”, उहाँले थप्नुभयो, “यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ ।” ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

कोभिड–१९ महामारीको सङ्क्रमणबाट बिरामी व्यक्ति र चिकित्सकलाई सजिलै जोगाउन ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, ‘मोबाइल स्वाब कलेक्सन भ्यान,’ हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस भनेर दुई वटा ‘हयान्ड वास स्टेसन’, खुट्टाले थिचि हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वार्ड’, सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’, सङ्क्रमित व्यक्तिले खोक्दा र हाछयुँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस भनी ‘नेगेटिभ प्रेसर स्ट्रक्चर हुड’ निर्माण गरिसकेको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा। शङ्कर ढकालले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभयो, “हामीले कोरोनाका कारण सहरका घरमा खुम्चीएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन ‘कौशी करेसाबारी’ परियोजना अन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात माटो विना कौसीमा पानी, केमिकल र सफा ग्राभेलको प्रयोगमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धान समेत गरिरहेका छाँै ।”
यसैगरी २०७६ वैशाख ४ गते नेपाली वैज्ञानिकले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा० को सहयोगमा पहिलो पटक ‘नेपाली स्याट–१’ नामक नानो स्याटेलाइट ९भूउपग्रह० प्रक्षेपण गरिसकेको छ ।
रासस

प्रतिकृया