• ७ असोज २०८३, बुधबार
  • ३ः०७ दिउँसो

मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाइदै

प्रकाशित मिति

२०७७ भाद्र २६ गते, शुक्रबार ०७:१९

नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही क्रममा बोर्डले आज संस्थागत परामर्श सेवा दिने अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुका लागि नयाँ निर्देशन जारी गरेको छ । त्यसबाट मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।

National Life

परामर्श सेवा दिनका लागि संस्थामा मानव संशाधन विभाग बलियो हुनुपर्ने, योग्य व्यक्ति हुनुपर्ने, भेञ्चर क्यापिटललगायत धेरै विषयमा परामर्श दिनका लागि भौतिक पूर्वाधार समेत बनाउनुपर्नेमा जोड दिएको छ । बोर्डले मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहितालगायत नीतिगत सुधार गर्नुपर्नेमा समेत स्पष्ट निर्देशन दिएको छ । यस्तै संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि बनाउन बोर्डले निर्देशन दिएको आज प्रकाशित विवरणमा उल्लेख छ । अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरले तोकिएको संरचना ६ महिनाभित्र तयार पार्नुपर्नेछ ।

यस्तै, आगन्तुक प्रतिक्षालय, ग्राहक सेवा, भण्डारण, सूचना प्रविधि सहित व्यवसाय सञ्चालन सम्बन्धी कार्य सञ्चालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा एक हजार वर्ग फिटको कार्यस्थल बनाउन र कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने जनाइएको छ । यस्तै सम्पूर्ण रुपमा सूचना प्रविधिको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । यसैगरी प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने नयाँ व्यवस्था गरिएको छ । बोर्डका अनुसार अनुपालना अधिकृत अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्नेछ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया