• २२ जेठ २०८३, शुक्रबार
  • ९:३१ बेलुका

अख्तियारलाई रेकर्डिङ डिभाईस बुझाउनुपर्ने भएकोले जापान आएको छु, नेपाल फर्कने फ्लाईट निश्चित भईसकेको छ: विजयप्रकाश मिश्र

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०१:४६

काठमाडौं, पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरण बाहिर ल्याउने विजयप्रकाश मिश्रले सहयोगको लागि भन्दै अख्तियारले पठाएको ८२२९ चलानी नम्बरको पत्र हात परेको र सोही पत्रको आधारमा आफू रेकर्डिङ डिभाईस लिनुपर्ने भएकोले जापान पुगेको र नेपाल फर्कने फ्लाईटसमेत निश्चित भैसकेको स्पष्ट पारेका छन् । आफूलाई भागेर जापान गयो भनि लेखिएका समाचार अतिरञ्जित भएको पनि उनले दाबी गरेका छन् ।मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्,’अख्तियारीप्राप्त अनुशन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ ।’

Kamana Sewa

Classic Tech Desktop

उनले उक्त प्रकरण हेर्ने अधिकृत सरुवा भएको र सोही ठाउँमा नयाँ अनुशन्धान अधिकृतको पदस्थापना भएको कुरा आफूले पत्रपत्रिकाबाट जानकारी पाएको पनि जनाएका छन् । नयाँ अधिकृतहरुले आफूलाई सम्पर्क गर्नेछन् भन्नेपनि उनले विश्वास लिएका छन् । उनले आफैंपनि अनुशन्धान अधिकृतहरुसँग सम्पर्कमा जाने र राजनीतिक खोल ओढेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कोभिड-१९ को अहिलेको महामारीको विषम परिस्थितिको बावजुदपनि अनुशन्धान बढ्न भन्ने आफूले विश्वास लिएको बताएका छन् ।

प्रतिकृया