• ७ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

प्रकाशित मिति

२०७७ भाद्र १४ गते, आईतवार ०७:५४

काठमाडौँ, दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।

National Life

नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निष्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो ।

गोरखापत्र दैनिकबाट साभर

प्रतिकृया