बारा र पर्सामा कोरोना सङ्क्रमित बढ्दै, थप १३४ जनामा सङ्क्रमण पुष्टि
प्रकाशित मिति
२०७७ भाद्र २ गते, मंगलवार ०१:५७
पर्सा – बारा र पर्साका थप एक सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ र काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको साउन २६ र २७ गते नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाण्डौ पठाइएको थियो । त्यही स्वाबको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।
वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो रिपोर्टअनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ । वीरगञ्जमा पत्रकार, चिकित्सकसहित ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय बिर्ताका दुई जना गरी सात प्रहरी कर्मचारी सङ्क्रमित भएका छन् ।
नारायणी अस्पतालका एक जना चिकित्सक र ओपीडीका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।






प्रतिकृया