थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि , मृत्यु हुनेको सङख्या ५८ पुग्यो
प्रकाशित मिति
२०७७ श्रावण २० गते, मंगलवार ०५:२०
काठमाडौं, नेपाल बितेको २४ घण्टामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै कोभिड १९ का कारण मृत्यु हुने सङ्ख्या ५८ पुगेको छ। अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,००९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,९२५ छ।
काठमाडौं उपत्यकका तीन जिल्लामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौं जिल्लामा ४८, भक्तपुर जिल्लामा १३ र ललितपुरका एक जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका ३८ र भक्तपुरका ११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पतालमा भक्तपुरका एक जनामा संक्रमण देखिएको हो ।
स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विआईडिएच ल्याबमा काठमाडौंका तीन जना र नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।






प्रतिकृया