• ७ असोज २०८३, बुधबार
  • ७ः५५ बिहान

विश्वभर कोरोना अपडेटः ६ लाख ३६ हजार भन्दा बढिको मृत्यु, एक करोड साढे ५६ लाख बढी संक्रमित

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०९:२७

 

National Life

काठमाडौं। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ३६ हजार चार सय ७५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार सार्वजनिक गरेको तथ्याङक अनुसार विश्वभरीमा एक करोड ५६ लाख ५४ हजार चार सय २८ जना कोरोना संक्रमित फेला परेका छन। संक्रमित मध्ये हालसम्म ९५ लाख ३५ हजार ६ सय १६ जना कोरोना मुक्त भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४७ हजार तीन सय ३३ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८४ हजार दुई सय सात, भारतमा ३० हजार ६ सय ४५, रसियामा १२ हजार आठ सय ९२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिकृया