• ७ असोज २०८३, बुधबार
  • ७ः५९ बेलुका

दैलेखमा कोरोना संक्रमित बढेपछि ठाटीकाँध गाउँपालिका निषेधाज्ञा

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०८:२३

दैलेख । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

National Life

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बुधबार थप १६ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्नरनगराउन भन्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ कट्टेलको भनाइ छ ।

असार २४ गते गाउँपालिकाका ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १६ जना कोरोना पोजिटिभ देखिएको हो ।

 

प्रतिकृया