कोरोना अपडेटः १५६ जना संक्रमित थपिए, ५८ डिस्चार्ज, ८ जिल्लामा शून्य संख्या
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०५:३२
काठमाडौं, आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०र१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६र६ जना, बाँके र दाङमा ५र५ जनामा कोरोना संक्रमण देखिएको छ ।
ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २र२ जनामा संक्रमण देखिएको छ । सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १र१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा हाल संक्रमित छैनन् ।
रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।





प्रतिकृया