प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा नेपालीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार ०५:४४
काठमाडौं । भारतीय प्रहरीले बनारसमा नेपालीको कपाल मुन्डन गरिरहेको भिडियो खिच्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा कपाल मुण्डन गरेर भिडियो खिच्ने कार्यमा संलग्नहरूमध्येका एक सन्तोष पाण्डेय नाम गरेका व्यक्ति रहेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मिएको भनी दिएको अभिव्यक्तिको विरोध गर्दै बनारसमा रहेका एक नेपालीको कपाल मुन्डन गरी भिडियो खिचेर सामाजिक सन्जालमा राखिएको थियो।
उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल बनेपछि भारतीय प्रहरीले खोजी गरिरहेको प्रतिक्रिया दिएको थियो। शुक्रवार अपराह्न भारतको वारणासी पुलिसका एसएसपी अमित पाठकले उक्त समूहका एक सदस्य पाण्डेयलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पाण्डेयले नै कपाल मुण्डन गरिरहेकोउक्त भिडियो उक्त भिडियो खिचेका थिए। भिडियो सहितको उनको मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त भिडियो विश्व हिन्दु सेना संगठनका स्थानीय एक कार्यकर्ता अरूण पाठकको फेसबुकबाट सार्वजनिक गरिएको थियो। भिडियो भाइरल भएपछि प्रहरीले शुक्रबार पाठकलगायत केही व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको थियो।
पाण्डेयसँगै एक अर्का व्यक्तिलाई पनि प्रहरीले गिरफ्तार गरेर सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले बनारस क्षेत्रमा उक्त कार्यमा संलग्नहरूको व्यापक खोजी जारी राखेको पनि जनाएको छ।
सोशल मीडिया पर वायरल हो रहे आपत्तिजनक वीडियो के सम्बन्ध में थाना भेलूपुर पर पंजीकृत मु0अ0सं0 335/2020 धारा 505(2)/295 भादवि व धारा 67 आइटी एक्ट में गिरफ्तार अभियुक्त संतोष पाण्डेय के सम्बन्ध में एसएसपी वाराणसी@amitpathak09की बाईट@Uppolice @dgpup @adgzonevaranasi @IgRangevaranasi pic.twitter.com/2v4rg23B1n
— POLICE COMMISSIONERATE VARANASI (@varanasipolice) July 17, 2020






प्रतिकृया