• २७ भदौ २०८३, शनिबार
  • २ः२४ राती

ओली–प्रचण्ड र माधव नेपालबीचको छलफल निष्कर्षविहीन

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०३:५०

काठमाडौं, पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल विना निष्कर्ष सकिएको छ ।

National Life

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उनीहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । झण्डै तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताएका छन् । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उनले जानकारी दिए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवै जनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।

प्रधानमन्त्री निवासमा त्रयनेताको छलफलअघि अध्यक्ष दाहाल र नेता नेपालसहितका नेताहरुको दाहाल निवास खुमलटारमा छलफल भएको थियो । शीर्ष नेताबीच पार्टी र सरकारको समन्वय, शक्ति बाँडफाँट, कोरोना रोकथाम, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसिसी० सम्झौता आदि विषयमा विवाद छ ।

पार्टी एकताका बाँकी कामको कार्यसूची पनि स्थायी कमिटीको बैठकमा तय गरिएको छ । पटक–पटक स्थगन भई गत असार २६ गतेका लागि तोकिएकोे स्थायी कमिटीको बैठक सात दिनपछि साउन २ गते बस्नुअघि शीर्ष नेताबीच घनीभूत छलफल हुन थालेको हो ।

असार २६ गते देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षति समेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको थियो । स्थायी कमिटीको बैठक असार १० गतेदेखि शुरु भएको थियो ।

प्रतिकृया