• २२ भदौ २०८३, सोमबार
  • ८ः४० राती

वडाध्यक्षमाथि बलात्कारको आरोप

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०६:५८

 

National Life

कालिकोट । खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पीडित किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’ केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

हाल वडाध्यक्ष शाही सम्पर्कविहीन रहेको छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

प्रतिकृया