• ६ असोज २०८३, मंगलबार
  • ११ः५५ बिहान

सशस्त्रमा डिआईजी सरुवाको तयारी

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०२:४८

 

National Life

काठमाडौं । सशस्त्र प्रहरी बलमा डिआईजी सरुवाको तयारी अघि बढेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले १५ जना डिआईजी सरुवाको सिफारीस गृहमन्त्रालयमा गरिसकेको छ । मन्त्रालयले डिआईजीको सरुवाको टुंगो लगाउने तयारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्रालय स्रोतकाअनुसार सशस्त्रले एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारीको नाम सिफारीस गरेको छ ।

२ नम्बर प्रदेशमा जान डिआईजी राजेन्द्र बस्नेतले पनि लविंग गरिरहेका छन् । यता दुई नम्बर प्रदेशमा रहेका डिआईजी राजु अर्याल सीमा विभाग र पांच नम्बरमा रहेका डिआईजी नारायणदत्त पौडेललाई प्रशासन विभाग ल्याउने तयारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको जोड छ ।

प्रतिकृया