• ६ असोज २०८३, मंगलबार
  • ११ः१६ बिहान

सलहका झुण्डले अझैं क्षति गर्ने सम्भावना, सचेत रहन अनुरोध

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०२:४३

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलह कीरा केही संख्यामा अझै पनि दाङ्गदेखि नवलपुर क्षेत्रमा दक्षिण पश्चिमी वायुको साहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सजक हुन अनुरोध गरेको छ ।

National Life

गत आइतवार दाङ्ग जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड साँझ प्यूठान जिल्लाको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएको र सोमवार बिहान ७ बजेदेखि नै उक्त झूण्डहरु आकाशमा घुमिरहेको र बस्न लागेको अवस्थामा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पश्चिमतर्फ लागेको प्लान्ट क्वारेन्टिन तथा विषदी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार केही संख्यामा उक्त सलहहरु प्यूठानमा पनि रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतवार साँझ नपलपरासी जिल्लाको वेणी, त्रीवेणी गाउँपालिकाको भारत तर्फको सिमावर्ति क्षेत्रमा पनि करीब ७ हजारको संख्यामा रहेको सलहको झूण्ड प्रवेश गरेको र जङ्गलमा आश्रय लिइ धानखेतमा आउने जाने गरिरहेको केन्द्रका सुचना अधिकारी रामकृष्ण सुवेदीले बताए ।

निरन्तर वर्षात भइरहेकोले खासै नोक्सानी भने गर्न सकेको छैन उनले भने ।

असार १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरुमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा उपस्थित रहेको पछिल्लो जानकारी प्राप्त भएको सुवेदील खबरहबलाई बताए ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायूको प्रभाव रहेको छ । भोलिदेखी दक्षिण पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने प्रक्षेपण गरिएको छ ।

साथै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलहहरु पर्सा,धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिकृया