उपत्यकामा नौ जनासहित १४४ जना संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ९४५ पुग्यो
प्रकाशित मिति
२०७७ असार २९ गते, सोमबार ०५:५१
काठमाडौँ, पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छहजार ६१३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८५६ हजार पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जोनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोही पनि रेड जोनमा परेको छैन । आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै १० हजार २९४ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६०.७ प्रतिशत हो ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ९ पुगेको छ । काठमाडौँमा ३ जना, ललितपुरमा ५ जना, भक्तपुरमा १ जना सङ्क्रमित भएका छन् । उपत्यकामा अहिलेसम्म तीनसय ५६ पुगेको छ ।




प्रतिकृया