• २० भदौ २०८३, शनिबार
  • २ः२५ दिउँसो

ओली–दाहालबीच आजको वार्ता सम्पन्न, बुधबार बिहान पुनः वार्ता हुने

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०३:५१

काठमाडौँ, पार्टीभित्र देखिएको विवाद सल्टाउनेगरी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान–टु–वान वार्ता सम्पन्न भएको छ ।

National Life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो बैठक सम्मन्न भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच भोलि बुधबार बिहान पुनः वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि बिहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

त्यसअघि दुई अध्यक्षबीच छलफल हुनेछ । पार्टीभित्र चुलिएको विवादलाई निकास दिनेगरी सक्रिय रहनुभएका अध्यक्षद्वयले भोलिसम्म सहमतिमा पुग्ने अध्यक्षका सचिवालयका सदस्यहरूको विश्वास छ ।

Classic Tech Desktop

यसैबीच अध्यक्षद्वयलाई सहयोग गर्न जिम्मेवारी पाएका चारजना नेताहरूको बैठक पनि आन्तरिकरुपमा बसिरहेको सचिवालयका सदस्यहरूले बताउनुभएको छ ।

प्रतिकृया