• २० भदौ २०८३, शनिबार
  • १ः३५ दिउँसो

आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०८:१०

 

National Life

काठमाडौं । आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।

Classic Tech Desktop

यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकामा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरु सेयर नगर्ने र देखेपनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आग्रह गरेका छन् ।

प्रवक्ता डा.गौतमले आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न अनुरोध गरे ।

प्रतिकृया