• २२ भदौ २०८३, सोमबार
  • ११ः४० राती

बझाङको मल्लेसी गाउँमा पहिरोमा परि १७ घर पुरिए

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार १०:३८

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले १७ घर पुरिएको हो ।

National Life

गाउँपालिकाका इञ्जिनियरसमेत रहेका सूचना तथा सञ्चार प्रविधि अधिकृत लेखराज रावलकाअनुसार बिहान २ बजेतिर पहिरो गएको जानकारी आएपछि उक्त क्षेत्रमा प्रहरीसहितको उद्धार टोली प्रस्थान गरेको छ ।

मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण विहान साढे ७ बजे नै झोता अस्थायी प्रहरी चौकीबाट असईको नेतृत्वमा उद्धार टोली हिडे पनि त्यहाँ पुग्न नसकेको रावलले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

रावललेका अनुसार अहिलेसम्म ४ महिला र ३ पुरूष गरी ७ जनाको शव नै फेला परेको जानकारी आएको छ, हामी पनि जाने तयारी छौँ यकिन विवरण आउन समय लाग्छ ।’

पहिरोले पुरेको १७ घरमा २८ जनाको बसोबास रहेको प्रारम्भिक सूचना आएको उनले जानकारी दिए ।

प्रतिकृया