• २३ भदौ २०८३, मंगलबार
  • ७ः५३ बेलुका

किनारमा बास, वर्षेनी बाढीको त्रास

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार ०८:१४

अछाम। विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को त्राससँगै वर्षा सुरु भएपछि बाढी पहिरोको पनि त्रास बढेको छ। वर्षा सुरु भएसँगै अछाममा बाढी पहिरोको जोखिम बढेको छ। बुढीगंगा नदी र छिपेखोलामा पानीको वहाव बढेसँगै साँफेबगर आसपासको क्षेत्र बाढीको जोखिममा परेको छ। वर्षाका कारण नदी र खोलामा बाढी आएको छ। बाढीको बढी जोखिममा साँफेबगर नगरपालिकाको ७ सय भन्दा बढी घर बाढीको जोखिममा छन्।

National Life

नगरपालिकाको वडा नम्बर १ का एक सय, ४ का करिब ५ सय र ७ का एक सय घरपरिवार रहेका छन्। वर्षायामको समय सुरुवात भएसँगै बाढीको त्रासका कारण यहाँका स्थानीय बासिन्दाको निन्द्रा नै हराउने गर्छ। नगरपालिकाको वडा नम्बर ७ को ककडसातका ८० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष मिठ्ठु भाटले बताए। उनले भने वर्षायाम सुरु हुने बित्तिकै यहाँ स्थानीयहरुलाई भोक निन्द्रा हराउने गरेको छ। वर्षेनी लगाएको खेतीपाती बगाउँछ। गतिलो तटबन्धन छैन्। तटबन्धनका नाममा तारजाली मात्र हाल्ने काम मात्र हुन्छ त्यो तारजाली वर्षेनी बाढीले बगाएर लैजाने गर्छ।’मष्टामाण्डौका करिब ५ सय घरपरिवार मध्ये पुलबजारका ४० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बालगिरी कुँवरले बताए।

ज्यान जोखिममा राखेर दिनचर्या बिताउँदै आएको पुलबजार निवासी रत्ना देवी नेपालीले बताइन्। उनले भनिन् ‘२०३९ र २०६३ सालमा आएको बाढीले भएर भरको सबै सम्पत्ति बगायो। त्यसको लेखाजोखा केहि पनि छैन्। असार, साउन र भदौ महिनामा नदीको डरले राती राम्रोसँग निन्द्रा नै पर्देन। राती पानी परेको दिन परिवारका सदस्यहरु पालै पालो जाग्राम बस्छौं। हामीले काल पर्खेर बसे जस्तै भएको छ।’ साना बालबच्चा छन्। बाढी आयो भने उनीलाई कसरी बचाउने चिन्ता लागिरहन्छ उनले भनिन्। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया