• २३ भदौ २०८३, मंगलबार
  • ७ः५५ बेलुका

मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा भारी वर्षा

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार ०८:३४

काठमाडौं । मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न स्थानामा अहिले वर्षा भइरहेको छ ।

National Life

महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाकाअनुसार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Desktop

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकृया