राष्ट्रपतिलाई भेट्न नेकपाका अध्यक्ष प्रचण्ड शीतलनिवासमा
प्रकाशित मिति
२०७७ असार १८ गते, बिहीबार ०४:१०
/fi6«klt ejg zLtn lgjf;df ;f]daf/ cfof]lht gjlgo'Qm dxfGofoflwjQmf /d0fs'df/ >]i7sf] zkyu|x0fdf ;df/f]xdf /fi6«klt ljBfb]jL e08f/L / k|wfgdGqL k'iksdn bfxfn k|r08 ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;;
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । अहिले अध्यक्ष र राष्ट्रपतिबीच भेट भई रहेको राष्ट्रपतिका मुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसदको जारी बर्षे अधिवेशन आज ५ः०० बजेबाट अन्त्य भएको घोषणा गर्नुभएपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुग्नुभएको हो । मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।





प्रतिकृया