भारतसँग सीमा जोडिएको तीन ठाउँमा बीओपी स्थापना
प्रकाशित मिति
२०७७ असार १८ गते, बिहीबार ०३:५८
दार्चुला, भारतसँग सीमा जोडिएको नेपालको दार्चुला जिल्लाका विभिन्न सिमानाकामा आज एकै दिन सशस्त्र प्रहरी बलको तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका‐७ जोलजिवी, लेकम गाउँपालिका‐३ लाली र ब्याँस गाउँपालिका‐२ दुम्लिङमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।
जोलजिवी र लालीमा स्थापना गरिएको बीओपीको सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी स्वयम सहभागी भएर उद्घाटन गर्नु भएको हो, भने ब्याँस‐२ दुम्लिङको बीओपी फोन मार्फत उद्घाटन गर्नुभएको हो ।

जोलजिवीस्थित बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्र प्रहरीलाई प्राप्त विभिन्न कार्यादेश मध्ये सीमा सुरक्षा महत्वपूर्ण रहेको भन्दै जिल्लामा ४ वटा बीओपी स्थापना गरिएको बताउनुभयो ।

यसअघि दार्चुलाको ब्याँस गाउँपालिका‐१ छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भइसकेको छ ।




प्रतिकृया