• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२९ बिहान

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०५:५१

धनगढी, सुदूरपश्चिम प्रदेश सभाको बैठक चौथो पटक पनि स्थगित भएको छ । आज दिउँसो ३ बजे आह्वान गरेको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । कार्य व्यवस्था परामर्श समितिमा सहमति नभएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

यस अघि ३ पटकसम्म प्रदेश सभाको बैठक स्थगित भैसकेको छ । कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च सार्वजनिक नगरेको, कोरोना संक्रमितहरूलाई परीक्षण नगराई घर पठाएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस जनता समाजवादी पार्टीले प्रदेश सभा बैठकमा अवरोध गरिरहेको छ । प्रदेश सभाको अर्को बैठक आगामी बिहीबार दिउँसो ३ बजे बस्ने छ ।

Kamana Sewa

प्रतिकृया