• २८ भदौ २०८३, आइतबार
  • २ः२३ दिउँसो

नेकपा बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०१:३५

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । मंगलबर बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेकपा स्थायी कमिटीको बैठकमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नु भएको हो ।

National Life

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ । बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया