• २८ भदौ २०८३, आइतबार
  • २ः१५ दिउँसो

प्रहरी र पत्रकारको साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउन सकिन्छ

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०१:२४

भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुरले आज भक्तपुरका पत्रकारसँगको परिचयात्मक तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।परिसरका प्रमुखको रुपमा हालै कार्य भार सम्हाल्न आउनु भएका प्रहरी उपरीक्षक तारादेवी थापासँगको परिचायात्मक कार्यक्रममा उहाँले प्रहरी र पत्रकार साझेदारीबाट जिल्लाको शान्ति सुरक्षा चुस्त बनाउने सकिने बताउनुभयो ।

National Life

प्रहरी पत्रकार साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउन सकिने अपेक्षा गर्दै प्रहरी उपरिक्षक थापाले ठाउँ अनुसार शान्ति सुरक्षाको चुनौति र रणनीति फरक फरक हुने औल्याउनुभयो ।चेन अफ कमाण्डमा प्रहरी प्रशासन चल्ने बताउँदै उहाँले जिल्लाको शान्ति सुरक्षाका गतिविधिमा थप सुधार हुने गरी आफूले काम गर्ने बताउनु भयो ।

नागरिकको शान्ति सुरक्षासँगै मौसमी विपद् र कोरोना भाइरसको रोकथाम एवं सचेतनामा पनि प्रहरी लागि रहेको उल्लेख गर्दै उहाँले यसमा प्रहरी थप सबल हुने विश्वास व्यक्त गर्नु भयो ।सो अवसरमा जगाति प्रहरी बृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले पूर्वतर्फबाट काठमाण्डौ आएका हजारौ यात्रुहरु जगाति प्रहरी चेक पोष्टबाट फकाउनुपर्दा दुःख लागेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले सम्बन्धित जिल्लाबाटै लकडाउन उलंघन नहुने गरी रोक्न सके यात्रुले दुःख नपाउने तथा काठमाण्डौ सुरक्षित हुने विचार व्यक्त गर्नु भयो ।थिमी बृत्तका प्रहरी नायव उपरिक्षक ऋषीराम कंडेलले पत्रकारसँगको साझेदारीले शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिने भएकाले त्यस्तो योजना बनाउन आवश्यक भएको बताउनु भयो ।

परिसरका प्रवक्ता दिपक गिरीले घटनाहरुको विवरण तत्काल सम्प्रेषण गर्दा विस्तृत र सही जानकारी नजाने भएकाले थप अनुसन्धान पछि मात्रै समाचार सम्प्रेषण गर्दा ढिलो भए पनि सही समाचार सम्प्रेषण भइरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरको हालको शान्तिसुरक्षा सन्तोषजनक नै रहेपनि नयाँ एसपी थापाको नेतृत्वमा थप मजबुत हुने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुरका इन्दुल केसी र कृष्ण किसीले प्रहरीले सम्प्रेषण गर्ने सूचना छिटो छरितो हुनुपर्नेमा जोड दिनु भयो । प्रहरी उपरीक्षक थापाले असार ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएर जिम्मेवारी सम्हाल्नुभएको छ । सो अवसरमा प्रहरी अधिकृत लगायत बिभिन्न संचारगृहमा कार्यरत भक्तपुरका २५ भन्दा बढी सकृय पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिकृया