• २३ भदौ २०८३, मंगलबार
  • ५ः०२ बिहान

धितोपत्रको दोस्रो बजार आजबाट खुल्ने

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार १२:१३

काठमाडौं, लकडाउनका कारण बन्द रहेको धितोपत्रको दोस्रो बजार आजबाट खुल्ने भएको छ। लामोसमय बन्द रहेको सेयर बजार खोल्ने विषयमा अध्ययनगर्न गठन भएको समितीले सुझाव पेस गरेपछि दोस्रोबजार पुनःखोल्न निर्देशनदिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जनाएको छ।

National Life

सेयर बजारका विषयमा अध्ययन गर्न गठित समितिले गतशुक्रबार सुझाव दिएकोमा आइतबार बसेको बोर्डको बैठकले आजबाट सेयर कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजदेखि बजार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको बताए। लकडाउनबीच सेयरबजार के कसरी कति अवधिखोल्ने भन्ने मोडालिटीबारे नेप्सेलाई जिम्मेवारी दिइएको बोर्डले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीको सेयर कारोबार हुने दोस्रो बजार चैतदेखि बन्द रहेको रहेपनि बीचमा दुई दिन खुलेको थियो। तर लगातर दुवै दिन सेयर बजारमा ‘सर्किट ब्रेक’लागेपछि बन्दगरिएको थियो।

प्रतिकृया