• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ११:४३

काठमाण्डौ, सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि हिजोजस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Kamana Sewa

प्रतिकृया