• २० भदौ २०८३, शनिबार
  • ३ः२७ दिउँसो

मनसुन सक्रिय तीन दिन लगातार वर्षा हुने, बाढी पहिरोको उच्च जोखिम

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार १०:१२

काठमाडौं । मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ ।

National Life

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

Classic Tech Desktop

दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।

प्रतिकृया