• ७ असोज २०८३, बुधबार
  • १ः१६ दिउँसो

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्योः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०७:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना नदेख्न समेत चेतावनी दिएका छन्।

National Life

लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यो खेलमा नेपालका नेताहरु पनि लागेको उनले दाबी गरे।

अघिल्लो पटक चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको र अहिले पनि त्यो खेल सुरु भएको उनले बताए। नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीय मिडिया, भारतमा भइरहेका वौद्धिक वहस हेर्दा भारतको राज्य संयन्त्र कसरी सक्रिय छ भन्ने देखिएको उनले बताए। उनले आफु पदबाट हटेको दिन नेपालका लागि बोल्ने कोही नहुने बताए। उनले आफ्ना लागि नभएर देशका लागि पदमा बसेको बताए। यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया