• ७ असोज २०८३, बुधबार
  • ४ः२५ बिहान

सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०६:४४

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।

National Life

धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पुर्याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको जानकारी दिएका छन् ।

यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो रु २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शर्माले भने, “सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना हो, भित्री हालेको अवस्थामा थाल ठटाउने, धुवाँ लगाउने होहल्ला गर्ने जस्ता उपाय अवलम्बन गरेर भए पनि किरा धपाउन कृषकलाई सचेत बनाउन लागिएको छ ।” यो किराको पहिचान र नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रसार कार्यसमेत गर्न लागिएको छ ।

क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह किराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । यो किराले पु¥याउनसक्ने क्षति रोकथामको पहल गर्न जिल्लास्तरमा सरोकारवालासँग समन्वय गर्ने जिम्मा कृषि ज्ञान केन्द्रलाई दिइएको छ ।

प्रतिकृया