• १९ भदौ २०८३, शुक्रबार
  • १ः५५ दिउँसो

भ्रष्टाचार गरेको अभियोगमा डोटीका इन्स्पेक्टरसहित २ जना अख्तियारको फन्दामा

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०३:०५

 

काठमाडौं। डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरासमेतले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको उजुरीको आधारमा अनुसन्धान भएको थियो ।

Kamana Sewa

अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बोहोरा र केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको हो ।

Classic Tech Desktop

उनीहरुमाथी कानुन बमोजिम बिगो रकम कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिकृया